छाब्दी पुगेर पौडेलले भने : छाब्दी मन्दिरको छाना अब तामाले छाईनेछ

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य तनहुँ- १ का उम्मेदवार रामचन्द्र पौडेलले  तनहुँको व्यास नगरपालिका-१४ मा  पर्ने छाब्दी मन्दिरको छाना अब तामाले छाईने बताएका छन्।

गठबन्धन दल द्वारा छाब्दी मन्दिरको परिसरमा आयोजित चुनावी कोणसभालाई मंगलवार सम्बोधन गर्दै पौडेलले  गठबन्धनले जिते छाब्दी मन्दिरको छाना अब तामाले छाईने बताएका हुन्।

उनले तनहुँ जिल्लालाई संस्कृतिक, धार्मिक र कृषि पर्यटनको ठूलो संभावना रहेको बताउँदै यो क्षेत्रबाट यो जिल्ला नमुना बनाउन लागि गठबन्धन दललाई विजयी बनाउन आग्रह गरे ।

देशकै नमुना क्षेत्रको रूपमा विकास गर्नका लागि विकासका योजना अघि बढाएर कायपलट गर्ने चाहना रहको उनले बताए ।

कृषि, पर्यटन र ऊर्जाशक्तिको विकास गरेर उद्योग ग्राम र औद्योगिक क्षेत्रको स्थापना गराई, लगानी भित्र्याएर गाउँगाउँमा साना–ठुला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी तथा गाउँगाउँमा आम्दानीको अवसर सिर्जना गर्न बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?