व्यास १४ मा बुद्धको प्रतिमा र बुद्ध बिहार राख्ने प्रस्ताब

व्यास नगरपालिका वडा नं १४ मा भगवान सिद्धार्थ गौतम बुद्धको प्रतिमा र बुद्ध बिहारको स्थापनाको प्रस्ताब राखेका छन् ।

बुद्ध शिक्षा  बिकास प्रतिष्ठान नेपालले सो प्रताब  राखेको  हो ।सो बिषयमा साउन १६ गते केशवटारमा छलफल अन्तरक्रिया कार्यक्रम समेत भएको थियो l छलफलको क्रममा बुद्धको प्रतिमा , बुद्ध शिक्षा र बुद्ध बिहारको बारेमा छलफल भएको हो ।

सो छलफल तथा अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिका वडा न १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठको संयोजकत्वमा बुद्ध शिक्षा  बिकास प्रतिष्ठान नेपाल उप-अध्यक्ष एबम भिक्षु मेघंकर स्यबिर, भिक्षु श्रमणेर सन्त समाल,डा . बुद्ध शिक्षा  बिकास प्रतिष्ठान नेपाल  बोर्ड सदस्य पूर्व मन्त्री केशव मान शाक्य, कोष अध्यक्ष हुम बहादुर थापा, व्यास नगरपालिका कार्यपालिकाको बोर्ड सदस्य नरि माया राना, केशवटार मा.बि.का प्रधानाध्यापक दुर्गा आले, केशवटार होस्टेक अध्यक्ष सरस्वती थापा,विभिन्न टोल विकास सस्थाका अध्यक्षहरु, क्लबका अध्यक्षहरु तथा अन्य स्थानीयहरुको सहभागिता रहेको थियो ।

भिक्षु मेघंकर स्यबिरले बुद्ध , बुद्ध धर्म तथा बुद्ध शिक्षाको महत्त्वको बारेमा संक्षिप्तमा प्रबचन समेत दिएका थिए l बास्तबमा बुद्ध भनेको ज्ञान धर्म भनेको स्वभाव र सघ भनेको एकता हो । बुद्ध धर्ममा पन्च शिलको अर्थ प्राणी हिंसा नगर्नु, चोरी नगर्नु, बेभिचार नगर्नु,झुठो नबोल्नु र कुलतमा नलाग्नु  ग्रन्थमा लेखिएको समेत प्रस्ट परे । बुद्ध शिक्षा पाउनु वा लिनु नैतिक  शिक्षा  प्राप्त गर्नु हो जिवान जिउने कला हो जुन कलाले हामी र हाम्रो समाजलाई सत्कर्मको बाटो देखाउनेछ । जिबनमा कुनै तेस्तो खालको रिस,घमण्ड ,मोह,लोभ र क्रोध बिस्तारै हाटेर जानेछ यी र यस्ता चिज मानिसको मस्तिकमा जबसम्म रहन्छ तब सम्म मानिसको जिवान सुखमय हुन सक्दैन त्यो चिजलाई हटाउन बुद्ध शिक्षाको आवस्यक रहेको प्रबचानमा भनिएको थियो ।  पूर्व मन्त्री केशव मान शाक्यले सिद्धार्थ गौतम बुद्धको , बुद्ध धर्मको इतिहासर  योगदानको बारेमा समेत प्रकास  परेका  थिए ।स्थानीयहरुले यसको बारेमा जिज्ञासा समेत राखेका थिए ।

बुद्ध शिक्षा  बिकास प्रतिष्ठान नेपालको  प्रताबमा   के  भनिएको छ भने व्यास नगर पालिका वडा न १४ मा बुद्धको प्रतिमा मात्रै राखेर यसको अर्थ नरहेको र बुद्धको प्रतिमा संग संगै बुद्ध बिहारको आवस्यक रहन्छ जसले गर्दा भिक्षुहरु आएर पाठ गर्न सकुन र बुद्ध शिक्षाको प्रचारमा सहयोग पुग्नेछ । यसको लागि स्थानीय सरकार तथा  स्थानीयहरुको सहयोगको खाँचो रहेको बताए । बुद्ध शिक्षा  बिकास प्रतिष्ठान नेपालले बुद्धको प्रतिमा , बुद्ध शिक्षा र बुद्ध बिहारको लागि सक्दो सहयोग गर्ने समेत बताएक थिए ।

स्थानीय सरकार तथा  स्थानीयहरु भने बुद्धको प्रतिमा मात्रै स्थापना गरेर वडा न १४ केशवटारको चिनारीको रुपमा राख्ने साथै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास रहेको वडा अध्यक्ष काजिमान श्रेष्ठले प्रस्ट परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?