
दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष एवं तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद घर्ती नैतिकरुपमा आफुले निर्वाचन जितिसकेको बताएका छन् ।
मंगलबार व्यास नगरपालिका २ , ३ र ४ का मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलो गर्ने क्रममा घर्ती नैतिकरुपमा आफुले जितिसकेको अब जनताको मत आउन मात्र बाँकि रहेको बताएका हुन् ।
उनले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्नु यी ठूला दलहरुकै कारण भएको बताए।
ठूला दलले देशलाई कमजोर बनाउन, वैदेशिक हस्तक्षेप गराउन, विदेशीहरुसँग मागेरमात्र नेपालको राजनीति र सत्तामा टिक्न सकिन्छ भन्ने संकार विकास गराउन लागेको समेत उनले आरोप लगाए।
राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवार रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?