दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ का विकास सिग्देलले आफु जनताको सेवक बन्नका लागि राजनीतिमा लागेको बताएका छन् ।
मंगलबार आँबुखैरेनीको मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलो गर्ने क्रममा आफुले विगतमा व्यवसाय सन्चालन गर्दै आएको तर पुरानो दलको राजनीति विकृति देखेपछि आफु राजनीतिमा लागेको बताएका हुन् ।
पटक- पटक चुनाव जितेर पनि तनहुँका पुरानो नेताहरुले माखो नमारेको बताउदै उनले भने ” अब उहाँहरुले दिएको योगदानलाई म सम्मान गर्दछु , आराम गरेर हाम्रो अभियान साथ दिनुपर्छ ।”
राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको समेत बताए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?