किरण गुरुङ भन्छन् : विकास र समृद्धिको नेतृत्व अब एमालेले गर्छ

दमौली : नेकपा एमालेको तर्फबाट  तनहुँ -२ प्रतिनिधिसभाका उम्मेदवार किरण गुरुङले विकास र समृद्धिको नेतृत्व एमाले मात्र गर्ने वताएका  छन्  । व्यास नगरपालिका-५  वडा कमिटीले आयोजना गरेको वृहत भेलालाई सम्वोधन गर्दे गुरुङ्गले सो कुरा वताएको हुन्  ।

केन्द्रमा ओली सरकार र आफु गण्डकी प्रदेशमा अर्थमन्त्री भएर काम गर्दा विकास निर्माणको काम गरेको तर नेपाली काग्रेसले भ्रम छर्दे हिडेको समेत वताए ।

काम एमालेले गर्ने तर नेपाली काग्रेसका साथीहरु आफुले गरेको भन्दै हिडेको हुदाँ मुल्यवान नैतिकताका साथ राजनिती गर्न समेत आग्रह गरे ।
वताउनुभएको हो । अर्थमन्त्री भएर तनहुँमा विकास निर्माणमा धेरै काम गरेको छु, विकास निर्माण मैले गर्ने तर काग्रेसका साथीहरु भने सुटुक्क उद्घाटन गरेर अलोकतान्त्रिक काम गरेको वताए ।

त्यसैले पाहुनालाई माया र सम्मान गरौ तर साँचो सुम्पने काम नगरौ, गुरुङले भने ।
व्यास–५ को शेरा र सिर्दीमा भएको सो कार्यक्रममा तनहुँ क्षेत्र नं २(क) प्रदेश सभा सदस्य उम्मेदवार श्यामराजा महतले जनताको आवश्यकता पुरा गर्न आफनो उम्मेदवारी भएको वताए ।

एमाले नै जनताको पार्टी भएको हुदाँ पार्टीले अगाडी सारेको टवान्टी ग्यारेन्टी कार्यक्रमले जनतामा समृद्धी ल्याउने समेत वताए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र उपाध्याय, निर्वाचन संयोजक रत्नादेवी घिमिरे, जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?