विकास सिग्देल भन्छन् : भ्रष्टाचारको अन्त्यको लागि यस पटक मत फेर्नुहोस

दमौली  : राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष एवं  प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ का विकास सिग्देल भ्रष्टाचारको अन्त्यको लागि यस पटक मत फेर्नुपर्ने बताएका छन् ।

बिहिवार व्यास नगरपालिका -१४ मा घरदैलो कार्यक्रम गर्दै उनले भ्रष्टाचारको अन्त्यको लागि यस पटक मत फेर्नका अनुरोध गरेका हुन्   ।

सिग्देलले निर्वाचनमा जित निकालेपछि जनताको कुनै पनि हक, अधिकारको कटौती नहुने गरी कानुन निर्माण गर्ने प्रतिबद्धता जनाए ।

उनले विजयपछि जनताको विकास निर्माणको एजेन्डालाई पहुँचमा पुर्‍याउने, खानेपानी, खेलकुद, करिडोर, फोहाेरलगायतका जनताका समस्यालाई आफूहरूले समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

तस्बिर फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?