देशको नेतृत्त्व अब युवालाई दिनुपर्छ : विनोद घर्ती

दमौली  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष एवं तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद घर्ती देशको नेतृत्त्व अब युवा वर्गलाई दिनुपर्ने बताएका छन् ।

विहिवार व्यास नगरपालिका १ का मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलो गर्ने क्रममा घर्ती पुराना दलहरुले देशलाई निकास दिन नसक्ने संकेत जनाउँदै उक्त कुरा बताएका हुन् ।

ठूला दलले देशलाई कमजोर बनाउन, वैदेशिक हस्तक्षेप गराउन, विदेशीहरुसँग मागेरमात्र नेपालको राजनीति र सत्तामा टिक्न सकिन्छ भन्ने संकार विकास गराउन लागेको समेत उनले आरोप लगाए।

 

राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?