दमौली : मंगोल नेशनल अर्गनाइजेसनका जिल्ला अध्यक्ष एवं तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर थापा नेपाली जनताले परिवर्तन खोजेको बताएका छन् ।
बुधवार बन्दीपुर गाउँपालिका मा घरदैलो गर्दै पुराना दलहरुले देशलाई निकास दिन नसक्ने संकेत जनाउँदै उनले नेपाली जनताले परिवर्तन खोजिरहेको बताएका हुन् ।
ठूला दलले देशलाई कमजोर बनाउन, वैदेशिक हस्तक्षेप गराउन, विदेशीहरुसँग मागेरमात्र नेपाल कहिले देशले कहिले निकास नपाउने उनले बताए।
मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट तनहुँ -१ प्रतिनिधिसभा सदस्यमा प्रेमबहादुर थापा, प्रदेशसभा सदस्य (क)मा भिमबहादुर लामा र प्रदेशसभा सदस्य (ख)मा रनबहादुर खवास उम्मेदवार रहेको छ ।
तनहुँ -२ प्रतिनिधिसभा सदस्यमा प्रविना थापा मगर, प्रदेशसभा सदस्य (क)मा सुमन थापा मगर र प्रदेशसभा सदस्य (ख)मा नमबहादुर राना उम्मेदवार रहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?