आगामी दिनमा नेताको मुर्ति कहिले बनाउने छैन : पृथ्वीनारायण श्रेष्ठ

दमौली :  प्रतिनिधिसभा सदस्य तनहुँ -१ का स्वतन्त्र उम्मेदवार मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले आगामी दिनमा नेताहरुको मुर्ति निर्मण नगर्ने घोषण गरेका छन् ।

श्रेष्ठले बिहिवार व्यास नगरपालिका -३ स्थित अनसन चौतारीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा शहिद नेताहरुको मुर्ति निर्माण गरे पनि आगामी दिनमा नेताको मुर्ति निर्माण नगर्ने घोषण गरेका हुन् ।

मूर्तिकार तथा चित्रकार समेत रहेका श्रेष्ठ पुरानो दलका नेताहरुले सोझेको जस्तो काम नगरेपछि पेशा नै छोडेर राजनीतिमा आएको बताउदै उनले भने ” मैले निर्वाचन जितोस नजितोस आफ्नो ठाउँमा छ , तर आगामी दिनमा नेताहरुको मुर्ति निर्माण कहिले गर्ने छैन ”

राजनीति दल सुध्रेमा यो देश कलकारले देखेको सपना जस्तै विकास हुने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?