दमौली : चुनाव प्रचारप्रसारको अन्तिम दिन बिहिवार तनहुँ -१ (क)का स्वतन्त्र उम्मेदवार हरिराज जोशीले गठबन्धनका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको बताएका छन् ।
सामाजिक संजालमा मतदाताका लागि एक संदेश राख्दै जोशीले भानु नगरपालिका-११ टुहुरे पसलमा बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले आफूमाथि सांघातिक आक्रमण गरेको बताएका हुन् ।
उनले यस्तो सन्देश लेखेका छन् :
“नमस्कार ,
आदरणीय मतदाता हरु,
आज 0१ गते लगभग दिउँसो ४.३० बजेको हुनु पर्छ , चुनाव प्रचार भानु ०१ बाट मोटरमा भानु ११ को टुहुरे पासल पुग्दा गठबन्धनको कार्यक्रम भइरहेको स्थान नजिकै अगाडी बढन लाई एउटा मात्र मोटरबाटो छ , तेहि मोटर बाटोबाट आफ्नो बाटोमा प्रचार गर्दै अगाडि बढने क्रममा केही ब्यक्ति हरुको समुहले हात पात गरि सङ्घातिक आक्रमण गरेको ले स्वास्थ थप चेक जांचको लागि अस्पताल जाँदै छु ।
स्वतन्त्र उमेदवारको लोकप्रियता सङ आत्तिएर, डराएर यस्तो खालको आक्रमण भएको हो ।मतदाता हरु धैर्य रहनु होला ।”







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?