महासचिव प्रेम थुलुङ भन्छन् : हिन्दुत्वको बारेमा नयाँ पुस्तालाई बुझाउनुपर्छ

दमौली  : जनजाति कल्याण आश्रम, नेपालका केन्द्रीय महासचिव प्रेम थुलुङले हिन्दुत्वको महत्त्वको बारेमा नयाँ पुस्तालाई बुझाउनुपर्ने बताएका छन्  ।  व्यास नगरपालिका -३ व्यास गुफामा वेद अनुयायी प्रतिष्ठान नेपालद्वारा आयोजित सातौँ विश्व ॐकार तथा हिन्दुमहामिलान पर्वलाई बिहिवार सम्बोधन गर्दै उनले अहिलेको पुस्तालाई आधुनिक शिक्षा प्रदान गरेपनि हिन्दुत्वको बारेमा बुझाउनु पर्ने बेला आएको बताए हुन्  ।

गुरुकुलमा अध्ययन गरेका आर्यभट्टले इसाको पाँचौं शताब्दीतिर खगोल शास्त्रको रचना गरे । गुरुकुलकै उत्पादनले प्राचीन समयदेखि नै शताब्दीऔं टिक्ने ठूला ठूला भवनहरु निर्माण भए ।

यसरी गुरुकुल केवल धर्मशास्त्र मात्रै अध्ययन गराउने केन्द्र नभएर जीवन उपयोगी सबै किसिमका शिक्षा दिने गरिन्थ्यो । तर आधुनिक शिक्षाको नाम हाम्रो लोपा हुदै गाएकोमा चिन्ता व्यक्त गरे  ।

उनले नेपालमा धर्मनिरपेक्षता बनाउनु नै गलत गरेको सुनाउदै भने ” मैले सुवासचन्द्र नेवाङ्ग र प्रचण्ड बाबुलाई भेटेर  धर्मनिरपेक्ष भयो भने राष्ट्र नराम्रो बाटोमा जाने भनेको थिए , आज नेपालमा गरिवीको नाममा ठाउँ ठाउँमा जनजातिको सस्कृति लोप हुने अवस्थामा पुगेको छ ।  ” यसको  एउटै मात्र उपाय भनेको अब जनजाति तथा पिछडिएका क्षेत्रमा आएर काम गर्नु पर्ने अवस्था आए को बताए  ।

जनजाति कल्याण आश्रमले अहिले  नेपालको १० ठाउँमा स्थानीय व्यक्तिहरुको पहलमा “आमाको माया छात्राबास” संचालन आवसीय छात्रावासमा ३ सय ५० भन्दा बढी विद्यार्थी निशुल्क रुपा अध्ययन गर्दै आएको बताएका छन्  । उनीहरुले आ-आफ्नो समाजमा गाएर हिन्दुत्वको बारेमा चेतना जोगाउने काम गरेको बताए ।

साथै उनले चेपाङ समुदायको पहिले स्नातक पढ्ने व्यक्ति पनि कल्याण आश्रममा अध्ययन गरेको बताउदै अहिले चेपाङ समुदायमा धर्ममान्तर हुने क्रममा कम भएको बताए ।

महार्षि वेद व्यासको जन्म भूमि दमौलीमा वेद विश्वविध्यालयको स्थापना गरेको धार्मिक पर्यटनको विकास गर्न सकेमा यहाको विकासले धेरै फट्को मर्ने  उनले बताए ।

व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नको लागि गुरुयोजना  तयार गरिसकेको बताए  ।

उक्त कार्यक्रममा व्यास गुफ अन्न क्षेत्रका संस्थापक शान्तिस्वरुपानन्द दामोदर बाबा, व्यासका अध्यता काशिनाथ न्यौपाने , डा. रघुनाथ न्यौपाने लगायतले बोलेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?