दीपक मनाङेलाई आयोगले तोक्यो २५ हजार जरिवाना

काठमाडौं : निर्वाचन आयोगले दीपक मनाङे (राजीव गुरूङ) लाई २५ हजार जरिवाना तोकेको छ।

आचारसंहिता विपरीत हुने गरी निर्वाचन खर्च गरेको सम्बन्धमा अभिव्यक्ति दिएको भन्दै आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई जरिवाना तोकेको विज्ञप्तिमा उल्लेख छ।

मनाङेले ३३ लाखभन्दा बढी खर्च गर्न नमिल्ने जनाएता पनि ३० लाख रुपैयाँमा चुनाव जित्ने अभिव्यक्ति दिएको आयोगको भनाइ छ।

‘३० लाखमा नेपालमा चुनाव जित्छ यार! मनाङमा एकदिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ,’ उनले यस्तो अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्ति आयोगले सामाजिक सञ्जालमा देखेपछि स्पष्टीकरण मागेको थियो।

स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नभएपछि मनाङेलाई आयोगले जरिवाना तोकेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?