तनहुँका दुवै मतगणना स्थलमा तारजाली सहित सीसीटीभी

तनहुँ – तनहुँमा मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली सहित सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

जिल्लाको दुवै निर्वाचन क्षेत्रको मतगणना गरिने ठाउँमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत दल बहादुर केसीले दमौली अनलाइनलाई जानकारी दिए ।

तनहुँ क्षेत्र नं १ को जिल्ला समन्वय समितिको कार्यालयको हलमा मतगणना गर्ने तयारी गरिएको छ  । त्यहाँ तिनदेखि चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । यस्तै क्षेत्र नं २ को मतगणना शुक्लागण्डकी नगरपालिकाको हलमा गरिने अधिकृत केसीले जानकारी दिए । यस ठाउँमा तारजाली सहित सीसीटीभीति क्यामरा लगाईसकेको बताए  ।

साथै जिल्लाभर मतदान र मतगणनास्थल निर्माणको काम लगभग सकिएको र सबै ठाउँमा आवश्यकतानुसार कर्मचारी खटाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?