दमौली । भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न तनहुँमा चुनावका लागि सुरक्षा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
उनका अनुसार जिल्लाभर ८ सय भन्दा बढी नेपाल प्रहरी र १३ सय ९२ म्यादी प्रहरी परिचालन गरिएको दमौली अनलाइनलाई जानकारी दिए ।
निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि जिल्लाका सबै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ ।
‘चुनावका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, रात्रिकालीन सुरक्षा जाँचलाई कडाइ गरेका छौ’, प्रहरी उपरीक्षक खड्काले भने, ‘सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् ।’
निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लङ्घन अनुगमन, नाकामा सुरक्षा जाँच गर्दै आएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?