गण्डकीका मुख्यमन्त्रीले गरे नवलपुरबाट मतदान

नवलपुर : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरबाट मतदान गरेका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मुख्यमन्त्री पोखरेलले नवलपुरको गैंडाकोट–१ स्थित शमशेर मावि, जौजुवा क केन्द्रबाट मतदान गरेका हुन्।

निर्वाचन आयोगले मतदानका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ। देशैभर उत्साहका साथ मतदाताले मतदानमा भाग लिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?