नेपालमा कतार विश्वकप मोबाइलबाट प्रत्यक्ष प्रशारण हेर्न नपाइने

काठमाडौं : विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता `फिफा विश्वकप कतार २०२२´ मा मंसिर ०४ गते देखि शुरु हुँदै छ । विश्वभरबाट छानिएका ३२ देशका टोलीहरुले विश्वभर फुटबलमय बनाउने छन् ।

कतारमा प्रत्यक्ष फुटबल हेर्न नपाउने दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फक फुटबलको आनन्द उठाउने छन् ।

विश्वका आधाभन्दा बढी अर्थात ५ अर्ब मानिसले कतार विश्वकपको प्रत्यक्ष प्रशारण हेर्ने अनुमान गरिएको छ । नेपालमा हिमालय प्रिमियर एचडी टेलिभिजनले विश्वकपको प्रत्यक्ष प्रशारण अधिकार पाएको छ ।

यो च्यानल मंसिर ०४ गते देखि नै औपचारिक प्रशारण शुरु भएको छ । आफ्नो घरको टेलिभिजन सेटमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गर्ने हिमालय प्रिमियर च्यानल खुल्न ५ सय रुपैयाँ ( करबाहेक ) तिर्नुपर्ने हुन्छ । नेपालमा मोबाइल वा अन्य डिजिटल माध्यमबाट फुटबलको प्रत्यक्ष प्रशारण हेर्न नपाइने भएको छ ।

नेपालमा प्रशारण अधिकार पाएको मिडिया हबले टेलिभिजनबाट मात्र हेर्न पाइने बताएको छ । कतार विश्वकपको उद्घाटन खेलमा राती ०९:४५ बजे आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडरबीच प्रतिस्पर्धा हुँदै छ । कतारको अल बायट रंगशालामा यो खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?