ऋषिङ्ग गाउपलिकामा भएको क्षेतिको विवरण गण्डकी प्रदेशको मुख्य कार्यालयमा पेस

अविरल वर्ष सगै आएको बढि र पहिरोको प्रकोपले  ऋषिङ्ग गाउपलिकामा धेरै ठाउमा ठुलो भौतिक पुर्बधारको तथा संरचनाको क्षेति भएको थियो। स्थानीय सरकारले मात्रै भएको क्षेतिको पुन-संरचना गर्न नसक्ने भएपछि साउन १७ गते ऋषिङ्ग गाउपलिकाका अध्यक्ष राजेन्द्र कृष्ण  श्रेष्ठको संयोजकत्वमा  गएको टोलीले गण्डकी प्रदेशको मुख्य कार्यालय पोखरामा  क्षेति सहितको  विवरण पेस गरेको हो ।

श्रेष्ठको संयोजकत्वमा  गएको टोलीमा गण्डकी प्रदेशका  संसद माननीय सरिता गुरुङ,संबिधानसभाको सदस्य झुल बहादुर आले,सहित नेपाली काँग्रेसका जिल्ला सदस्य मोहन गिरि, ऋषिङ्ग गाउपलिकाका उप-प्रमुख दिलु माया थापा,प्रसशाकिया अधिकृत चण्डिका पौडेल, ऋषिङ्ग गाउपलिकाका वडा न १ का वडा अध्यक्ष  श्री बहादुर आले, वडा न ५  का अध्यक्ष पदम बहादुर थापा र सदस्य राम चन्द्र पोख्रेल, वडा न ७   का अध्यक्ष जंगा बिर  आले लगाएत स्थानीयहरुको समेत सहभागिता रहेको गाउपलिका प्रमुख स्वकीय सचिब रिम बहादुर आलेले दमौली आनलाइनलाई जानकारी दिए ।

उक्त टोलीले गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोख्रेल,  भौतिक पुर्बाधार, सहरी विकास तथा यातायात व्यवस्था  माननीय मन्त्री कुमार खड्का र कानुन,संचार तथा प्रदेश सभा मामिला माननीय मन्त्री बिन्दु कुमार थोपा संग भेटघाट तथा छलफल समेत भएको थियो  भने नब नियुक्त मन्त्री बिन्दु कुमार थोपालाई बधाई समेत दिएका आलेले जानकारी गराएका  हुन् ।

क्षेतीको विवरण सहितको भेटघाट तथा छलफलमा ऋषिङ्ग गाउपलिकामा धेरै ठाउमा भौतिक पुर्बधार तथा संरचना ठुलो क्षेति भएको उल्लेख गर्दै  यसलाई तत्काल हुन सक्ने सहयोग  र दिर्घकालिन रुपमा यसको समाधान गर्नुपर्नेमा जोड दिएको  थियो  । बिशेषगरि बढी पहिरोले मोटरमार्ग बढि क्षेति भएको छ। तेस्मा पनि झापुटार – चालिसे मोटरमार्ग,सुडे –दुबुंग मोटरमार्ग,सिरिंङ्ग पथ मोटरमार्ग तथा सिरिंङ्ग शान्ति  मोटरमार्ग पूर्णरुपमा क्षेतीहुन पुगेको थियो ।

सिरिंङ्ग पथ मोटरमार्ग तथा सिरिंङ्ग शान्ति मोटरमार्गको भने तत्कालै ट्रयाक खोल्न स्टिमेट समेत गरिसकेको  बताए।अरु थप  मोटरमार्गमा यातायात सुचारु भएता पनि जोखिमपूर्ण रहेको छ यसलाई  र दिर्घकालिन रुपमा यसको समाधान गर्नु पर्ने देखिन्छ । पूर्व मुख्य मन्त्रीले निरीक्षण समेत गरिसकेको छन् भने  पूर्व मुख्य मन्त्रीले  समस्या समाधानको प्रतिबद्धता जनाएपनि कुनै काम नभएको छलफलमा भएको समेत आलेले  बताए ।

माननीय मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोख्रेल तथा  भौतिक पुर्बाधार, सहरी विकास तथा यातायात व्यवस्था  माननीय मन्त्री कुमार खड्कालाई एकचोटी ऋषिङ्ग गाउपलिकामा भएको क्षेतिको निरीक्षण गर्नु पर्ने भन्दै निरीक्षणको लागि अनुरोध गरेका छन । बढि पहिरोले मोटरमार्गको मात्र नभई गाउपलिकाका  ७७  घरहरु जोखिम र दर्जनौ घरहरु क्षेति भए भने दर्जनौ  घरपरिवार विस्थापित हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?