तनहुँ कारागारमा ५३ जना कैदीबन्दीले गरे मतदान

दमौली : जिल्ला कारागार तनहुँमा ५३ जना कैदीबन्दीले मतदान गरेका छन्। व्यास नगरपालिका-३ स्थित तनहुँ कारागारमा ५४ जना कैदीबन्दी मतदाता रहेका छन्।

कारागारमा रहेका २ सय ९५ कैदीबन्दीमध्ये ५४ जना अस्थायी मतदातामा दर्ता भएका थिए । जसमा ५० जना पुरुष र ४ जना महिला थिए । जसमध्य ५३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

तनहुँका ३०५ वटै मतदान केन्द्रमा आइतबार मतदान सम्पन्न भएको छ । तनहुँमा १ लाख १९ हजार ६५० जना पुरुष र १ लाख २८ हजार ८४५ जना महिला गरी कूल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् ।

जिल्लामा करिब ५० देखि ५५ प्रतिशत मत खसेको अनुमान निर्वाचन कार्यालयको छ ।

जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने ३०५ रहेको छ ।

जिल्लामा मतदानस्थल भने १४२ वटा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?