कतार विश्वकपको पहिलो गोल इक्वेडरका भ्यालेन्सियाले गरे

काठमाडौं : कतार विश्वकप २०२२ मा पहिलो गोल इक्वेडरका ई भ्यालेन्सियाले गरेका छन् ।

खेलको १६ औं मिनेटमा आयोजक राष्ट्र कतारविद्ध पेनाल्टीमार्फत गोल गरेका हुन् । कतारका किपर एस. अलसाईले फल्ट गरेपछि रेफ्रिले पेनाल्टी दिएका थिए ।

यसअघि खेलको तीन मिनेटमै इक्वेडरले गोल गरेपनि रेफ्रिले अफसाइड दिएका थिए । कतारका किपरले हातले तानेपछि एल्लो कार्ड पनि पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?