स्वतन्त्र उम्मेदवार श्रेष्ठले मतदाता र सबै सहयोगीलाई दिए धन्यवाद

दमौली : प्रतिनिधिसभा सदस्य तनहुँ -१ का स्वतन्त्र उम्मेदवार मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले  तनहुँका मतदाता र सबै सहयोगी हातहरुलाई धन्यवाद दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदाता र सबै सहयोगी हातहरुलाई धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्, “सम्पुर्ण मतदाता ज्युहरुमा आफ्नो अमुल्य मत दिई सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद र यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहान्छु। साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षकहरु लगायत सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?