निराज रानाभाट , चितवन : चितवन जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा मतगणना शुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ ।
केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन क्षेत्र नम्बर २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मतगणना शुरु नै नभएको प्रष्ट पारेको छ ।
आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ । केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना शुरु नभएको जनाएको हो ।
मतपेटिकाहरू मतगणनास्थलमा मंसिर ०४ गते , आइतबार राति नै आएका छन् ।
चितवन ( १ ) को खैरहनी , चितवन ( २ ) को भरतपुर र चितवन ( ३ ) को रामपुरमा मतगणना हुने छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?