कास्की २ अपडेट : रास्वपाको अग्रता कायमै

पोखरा : कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६१ मत पाएका छन् ।

नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित कँडेललाई पछ्याइरहेकी छन् ।

राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?