दमौली : तनहुँ निर्वाचन क्षेत्र-१ मा मतगणना दिउँसो २ देखि हुने भएको छ । केही समयअघि सम्पन्न सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना गर्ने सहमति भएको हो ।
बैठकले सोमबार दिउँसो २ बजेदेखि मतगणना गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा दिउँसो २ बजेदेखि र क्षेत्र नम्बर २ मा दिउँसो १२:३० बजेदेखि मतगणनाको तयारी गरिएको छ ।
जिल्लामा आज बिहान १० बजेपछि मात्रै सर्वपक्षीय बैठक बसेको थियो ।
तस्बिर फाइल







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?