
दमौली : तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना शुरु भएको छ । सोमबार ३:४५ बजेदेखि जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको हो ।
जिल्ला समन्वय समितिको भवनको कोठ भित्र तारजाली र सीसी क्यामरा भएको ठाउँमा प्रत्यक्षतर्फको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको मतगणना शुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यलयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा कुल मतमा ५२.६२ प्रतिशत मात्र मत खसेको छ ।
तनहुँ -१ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ,नेकपा एमालेका एक बहादुर राना, पुर्व मन्त्री गोविन्दराज जोशी र राप्रपाका जिल्ला अध्यक्ष विनोद घर्ती लगयत प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?