
इन्डोनेसियामा सोमबार शक्तिशाली भूकम्प गएको छ। ५ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परी ४६ जनाको ज्यान गएको र ७ सय बढी घाइते भएको अन्तर्राष्ट्रिय न्यूज एजेन्सीले जनाएका छन्।
भूकम्पको केन्द्रबिन्दु जावानजिकै सियान्जुर भन्ने ठाउँमा मापन गरिएको छ। भूकम्पका कारण राजधानी जकार्ता वरिपरि मानिसहरू हतोत्साही भएका छन्। एउटै अस्पतालमा २० जना मानिसको निधन भएको एक अधिकारीले बताएका छन्।
सोसल मिडियामा पनि भूकम्पको भिडियो सेयर भएको छ। जसमा भत्किएको घर र क्षतिग्रस्त गाडी स्पष्ट देखिएको छ। २७ करोड जनसंख्या भएको इन्डोनेसियामा प्राय: भूकम्प गइरहेको हुन्छ।
इन्डोनेसियामा साना-ठूला ज्वालामुखी पनि छन्। त्यसैले त्यहाँ भूकम्प र सुनामीको खतरा भइरहेको हुन्छ। गत फेब्रुअरीमा गएको ६ दशमलव २ रेक्टरको भूकम्पमा २५ जनाको ज्यान गएको थियो।
सन् २०२१ को जनवरीमा गएको ६ दशमलव २ रेक्टरको भूकम्पमा सय जनाले ज्यान गुमाएका थिए।
इन्डोनेसियामा सन् २००४ मा सुनामी जाँदा सबैभन्दा ठूला क्षति भएको थियो। त्यतिबेला जापानमा पनि सुनामी आएको थियो।
सुनामीमा २ लाख ३० हजार मानिसले ज्यान गुमाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?