चितवन २ मा ११ सय मत गन्दा रविलाई ८७ मात्रै

चितवन : चितवन क्षेत्र नम्बर २ मा एमाले अग्रस्थानमा छ। एमालेका कृष्णभक्त पोखरेल ५ सय ५४ मत का साथ पहिलो स्थानमा छन्।

पोखरेललाई कांग्रेसका उमेश श्रेष्ठले ३ सय ९७ मत ल्याएर पछ्याइरहेका छन्। १ हजार १ सय २६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ८७ मत मात्रै प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?