तनहुँ-२ मा भण्डारीको अग्रता कायमै

दमौली : तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले अग्रता कायमै राखेका छन् ।

उनले ८ हजार दुई सय १६ मत ल्याउँदा नेकपा एमालेका किरण गुरुङले ५ हजार ९ सय २६ मतका साथ पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजय जोशीले १ हजार २ सय ५ मत पाएका छन् ।

यस्तै हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले २ सय २६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?