तनहुँ-१ मा पौडेलको अग्रता, पछ्याउदै राना

दमौली :  तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अग्रता लिएको छ ।  ५ हजार ६ सया ११  मत गन्दा पौडेलले २ हजार ९  मत पाएका छन् ।

नेकपा एमालेका एक बहादुर रानाले १ हजार ७ सय ६१ , राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ सय ५०  मत पाएका छन् ।

त्यस्तैगरी स्वतन्त्र पुर्व मन्त्री गोविन्दराज जोशीले २ सय ४० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?