तनहुँ-२ प्रदेश सभा (ख) मा काँग्रेसका आले निर्वाचित

दमौली :  तनहुँ क्षेत्र नं-२ प्रदेश सभा (ख) मा काँग्रेसका जित प्रकाश आले निर्वाचित भएका छन् । आज विहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार आलेले एमालेका केदार सिग्देललाई ६४० मतान्तरले पराजित गरेका हुन् ।

कुल २९ हजार ८९८ मतमा सिग्देलले १३ हजार २२० मत पाएका छन् भने आलेलाई १३ हजार ८६० मत आएको छ ।

त्यस्तैगरी राप्रपाका श्यामकुमारी राइले ५६५, मंगोल नेशनल अर्गनाइजेशनका नमबहादुर रानाले  ५२०,  राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङले ३८४ मत पाएका छन् ।

उम्मेदवारी निष्क्रिय पारेको एकिकृत समाजवादीलाई ३६८ मत खसेको थियो भने ९८१ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?