
दमौली : तनहुँ क्षेत्र नं २ प्रदेश सभा १ मा नेकपा एमालेका श्यामराजा महत निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार मतहले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपानेलाई १७६६ मतान्तरले पराजित गरेका हुन् ।
कुल ३७ हजार ८२९ मत गणना गर्दा मतहले १५ हजार ६६५ मत प्राप्त गरे भने न्यौपानेले १३ हजार ८९९ मत पाएका थिए ।
प्रदेश सभातर्फ राप्रपा रेशमराज अधिकारीले ४ हजार २२० मत पाए भने नेकपा एसले ५९१, जनमुक्ति पार्टीका नेत्रबहादुर थापाले ५९०, मंगोल नेशनल अर्गनाइजेशनका सुमन थापा मगरले ७१६, मौलिक जरोलिो पार्टीका टोलराज वाग्लेले ३९०, जनसमाजवादी पार्टी नेपालका रामबहादुर वि.कले १२४ मत प्राप्त गरेका छन् ।
कुल मतबाट १६३० मत बदर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?