तनहुँ-१ प्रदेश २ मा माओवादीका चुमान विजयी

दमौली : तनहुँ क्षेत्र नं १  प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका हरि बहादुर चुमान निर्वाचित भएका छन् ।

अन्तिम मत परिणाम अनुसार चुमानले नेकपा एमालेका उम्मेदवार पूर्ण बहादुर गुरुङ लाई  २ हजार ७ सय ६८ मतान्तरले पराजित गरेका हुन् ।

कुल ३० हजार ३ सय ८९  मत गणना गर्दा चुमानले १३ हजार २ सय ७१ मत प्राप्त गरे भने गुरुङले  १० हजार ५ सय ३ मत पाएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?