कास्की २ मा एमालेकी भट्टराई पुनः निर्वाचित

पोखरा : कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् ।

उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका थिए ।भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जित आफ्नो पक्षमा पारे ।

यो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?