
दमौली : तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार पौडेलको पाँच हजार तीन सय ८८ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पौडेलले २५ हजार ३ सय १८ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका एक बहादुर राना १९ हजार ९ सय ४३ मत पाएका निर्वाचन अधिकृतको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ , राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद कुमार घर्तीले २ हजार चार सय ८३ मत प्राप्त गरेका छन् ।
खसेको कुल मत ६६ हजार ५ सय ८४ रहेको छ भने ४ हजारमत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पौडेल सोही क्षेत्रबाट पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?