दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद घर्तीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेका छन् ।
मतपरिणाम सार्वजनिक भएसँगै पौडेललाई बधाई दिँदै घर्तीले मतदाताहरुको मन जितेपनि गणितीय रुपमा मत जित्न असमर्थ रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘ यस क्षेत्रबाट निर्वाचित हुनु भएको नेपाली कांग्रेसका श्रद्धेय नेता श्री रामचन्द्र पौडेल ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना, विश्वास छ यस क्षेत्र र देशकाे लागि उदाहरणीय कार्य गर्नुहुनेछ। तनहुँ क्षेत्र नं- १ का स्थानिय आमाबुवा, दाजुभाइ साथिहरुसँग निरन्तर जोडिएर क्रियाशील रहिरहनेछु । गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहनेछ। मेरो चुनावी अभियानमा मलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भौतिक, आर्थिक, नैतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण इष्टमित्र, आमाबुबा दाजुभाई तथा साथीभाई मतदाता लगायत पत्रकार र सुरक्षाकर्मी मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दछु।’
सम्पूर्णमा नमस्कार 

अहिलेको प्रतिनिधि निर्वाचनमा उम्मेदवार हुँदा मैले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरें । तनहुँ क्षेत्र नं १ बाट मैले पाएको मत सोचे अनुसार नपाए पनि जति मत प्राप्त गरें त्यो नै मेरो लागि आत्मबल हो साथै प्रचारको क्रममा मतदाताबाट माया,साथ,र विश्वासको लागि म आभारी छु।निर्वाचनमा हार,जीत हुन्छ तर महत्वपूर्ण भनेको आत्मबल हार्नु हुँदैन। राजा सहितको प्रजातन्त्र,वैधिक सनातन हिन्दुराष्ट्र,संघीयता खारेज र यो देशको मूल जड भ्रष्ट्राचारकाे अन्त्यको लागि मेरो आत्मबल पहिलाको भन्दा बढेको छ। मतदाताबाट मैले पनि ठुलो साथ,सहयोग कमाएको छु यो साथको म सधै ईमान्दार रहनेछु। मेरा चुनावी अनुभवले जीवनको नयाँ कथा सिकेको छु, यो कथाको हरेक क्षण जीवनमा उतार्ने छु। आगामी दिनको राजनीतिक एवं सामाजिक सेवाको यात्रामा यी सबैको सदुपयोग गर्दै आफूमा अझ सुधार,विकास गर्ने प्रण गर्दछु। राजनैतिक यात्रा लामो छ मेरो सुरुवातमै हजुरहरुको भरोसाले दिएको आत्मबल अमूल्य छ। यस क्षेत्रबाट निर्वाचित हुनु भएको नेपाली कांग्रेसका श्रद्धेय नेता श्री रामचन्द्र पौडेल ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना, विश्वास छ यस क्षेत्र र देशकाे लागि उदाहरणीय कार्य गर्नुहुनेछ। तनहुँ क्षेत्र नं- १ का स्थानिय आमाबुवा, दाजुभाइ साथिहरुसँग निरन्तर जोडिएर क्रियाशील रहिरहनेछु । गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहनेछ। मेरो चुनावी अभियानमा मलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भौतिक, आर्थिक, नैतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण इष्टमित्र, आमाबुबा दाजुभाई तथा साथीभाई मतदाता लगायत पत्रकार र सुरक्षाकर्मी मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दछु।
आगामी दिनका यात्रा झन् विषेश हुनेछन। यात्राको सुरुवात भएको छ गन्तव्य नपुगी मेरो यात्रा रोकिने छैन।
जय राष्ट्रवाद!! जय देश!!!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?