अहिलेको निर्वाचन लोकतन्त्रको पक्षमा भएको जनमत हो : रामचन्द्र पौडेल

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता  एवं तनहुँ क्षेत्र नं १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अहिलेको निर्वाचन लोकतन्त्रको पक्षमा भएको जनमत रहेको बताएका छन् ।

व्यास नगरपालिका–३ दमौलीको खुल्ला मैदानमा बिहिवार आयोजित बधाई तथा धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन देशमा आएको परिवर्तन जोगाउन भएको जनमत रहेको बताएका हुन्  ।

“स्वतन्त्रको नाम उम्मेदवार नै नाचिनिकन जनताले मतदान गर्ने परिस्थिति सिर्जना भएको छ ,” हामीले जनतालाई हेप्ने अवस्था अब नभएको बताउदै उनले भने, “ जनता प्रश्न गर्न सक्ने भएको त्यसकारण जनताको प्रश्नको उत्तर दिन सक्नुपर्ने पर्छ  ।”

देशले राजनीतिक स्थिरता पाउन नसकेको बताउदै राजनीति स्थिरता र  देशमा सुशासन कायम गर्न सके मात्र देशको विकास  कायपलट उनले बताए ।

कृषि, पर्यटन र ऊर्जाशक्तिको विकास गरेर उद्योग ग्राम र औद्योगिक क्षेत्रको स्थापना गराई, लगानी भित्र्याएर गाउँगाउँमा साना–ठुला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी तथा गाउँगाउँमा आम्दानीको अवसर सिर्जना गर्ने तर्फ आफ्नो जोड रहेको बताए ।

श्रमशक्ति र प्रतिभा पलायन रोक्न ठोस प्रयासअघि बढाउन कम्मर कसेर लाग्ने उनले जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?