दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले यसपटक देशको नेतृत्व रामचन्द्र पौडेलले गर्न पाउनुपर्ने बताएका छन् ।
व्यास नगरपालिका–३ दमौलीको खुल्ला मैदानमा बिहिवार कांग्रेसका तनहुँ जिल्ला कार्यसमितिद्वारा आयोजित बधाई तथा धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै पटक पटक अरु जिल्लालाई देशको नेतृत्व गर्ने अवसर दिए यसपटक रामचन्द्र पौडेललाई दिनुपर्ने बताएका हुन् ।
” पटक पटक देशको नेतृत्व गर्ने अवसर अरुलाई दिए तर तनहुँको नेता रामचन्द्र पौडेलले अहिलेसम्म नेतृत्व गर्ने अवसर पाएको छैन ” उनले भने ” रामचन्द्र पौडेलले यसपटक देशको नेतृत्व गर्न पाउनुपर्ने आवाज छ ।”
उनले पौडेललाई देशको नेतृत्व गर्न जुनसुकै सहयोग पनि गर्न तयार रहको बताए । गठबन्धन चुनाव जित्नका लागि मात्र नभएर ५ बर्षका लागि हुने समेत उनले बताए ।
मुलुकको आर्थिक अवस्था सुधार गर्न अहिले बन्ने सरकारले ध्यान दिनुपर्ने उनको भनाइ रहेको थियो ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?