पौडेललाई बधाई दिँदै सिग्देलले भने: उम्मेदवार हुँदा मैले नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गरे

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विकास सिग्देलले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेका छन् ।

मतपरिणाम सार्वजनिक भएसँगै पौडेललाई बधाई दिँदै सिग्देलले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुँदा आफु धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरेको बताएका छन् ।

उनले भनेका छन्: 

सम्पूर्ण तनहुँ क्षेत्र न-१ का आमा बुवा दाजुभाइ दिदीबहिनी र साथीहरूमा नमस्कार 🙏

यहि मङ्सिर-४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुँदा मैले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरें । तनहुँ क्षेत्र नं १ बाट मैले पाएको मत मेरो लागि उल्लेख छ, प्रचारको क्रममा मतदाताबाट माया,साथ,र विश्वासको लागि म आभारी छु। मतदाताबाट मैले पनि ठुलो साथ,सहयोग कमाएको छु,यो साथको म सधै ईमान्दार रहनेछु। आगामी दिनको राजनीतिक एवं सामाजिक सेवाको यात्रामा यी सबैको सदुपयोग गर्दै आफूमा अझ सुधार गर्ने प्रण गर्दछु। राजनितिक यात्रा लामो छ मेरो सुरुवातमै हजुरहरुको भरोसाले दिएको आत्मबल अमूल्य छ,मैले तनहुँ क्षेत्र न-१का जनताको भरोसा को मुल्य अबस्य चुकाउने बाचा गर्दछु।
यस क्षेत्रबाट निर्वाचित हुनु भएको नेपाली कांग्रेसका श्रद्धेय नेता श्री रामचन्द्र पौडेल ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना, विश्वास छ यस क्षेत्र र देशकाे लागि उदाहरणीय कार्य गर्नुहुनेछ। तनहुँ क्षेत्र नं- १ का स्थानिय आमाबुवा, दाजुभाइ साथिहरुसँग निरन्तर जोडिएर क्रियाशील रहिरहनेछु । गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहनेछ। मेरो चुनावी अभियानमा मलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भौतिक, आर्थिक, नैतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण इष्टमित्र, आमाबुबा दाजुभाई तथा साथीभाई मतदाता लगायत पत्रकार र सुरक्षाकर्मी मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दछु।
आगामी दिनका यात्रा झन् विषेश हुनेछन। यात्राको सुरुवात भएको छ गन्तव्य नपुगी मेरो यात्रा रोकिने छैन।
जय देश!
बिकास सिग्देल
रास्ट्रीय स्वतन्त्र पार्टी तनहुँ संस्थापक सभापति एबम
प्रतिनिधि सभा सदस्य उमेदवार तनहुँ क्षेत्र न-१🔔

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?