क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएसंगै फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ ।
बिहीबार स्टेडियम ९७४ मा भएको खेलमा पोर्चुगलले घानालाई ३-२ गोलको नतिजमा पराजित गरेको हो ।
समूह ‘एच’को दोस्रो खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोसँगै राफाएल लियो र जुवाओ फेलिक्सले पनि एक-एक गोल गरे।
घानाका लागि एन्ड्रे आयू र ओस्मान बुकारीले एक-एक गोल फर्काएका थिए।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?