
काठमाडौं : कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा पोल्यान्डले साउदीअरबलाई २–० गोलको नतिजामा पराजित गर्दै पहिलो जित निकालेको छ ।
पहिलो हाफमै १–० को अग्रता लिएको पोल्यान्डका लागि कप्तान लेवान्डोवस्कीले ८२औं मिनेटमा दोस्रो गोल गरे । यो लेवान्डोवस्कीको पहिलो विश्वकप गोल हो ।
हार बेहोरेसँगै साउदीअरबले एक खेल अगावै अन्तिम १६ मा प्रवेश गर्ने अवसर गुमाएको छ । पहिलो खेलमा साउदीअरबले अर्जेन्टीनालाई २–१ गोलको नतिजामा पराजित गरेको थियो । यस्तै, पोल्यान्ड र म्याक्सिकोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
समूह‘सी’ अन्तर्गत आजै हुने दोस्रो खेलमा अर्जेज्टिना र मेक्सिको भिड्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?