धनुषा-१ बाट जसपाका दीपक कार्की निर्वाचित

जनकपुरधाम : धनुषा- १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।

कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए । तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत पाए । कार्की एमाले जसपा गठबन्धनका उम्मेदवार थिए भने यादव सत्तारुढ गठबन्धनका ।

यसअघि २०७४ को निर्वाचनमा मातृकाले कार्कीलाई पराजित गर्दै जित निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?