समानुपातिक मतमा घण्टीले उछिन्यो माओवादीलाई

काठमाडौं : आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनामा नेकपा एमालेले हालसम्म २४ लाख ७७ हजार ५९० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म २३ लाख ५५ हजार ३८७ मत पाएको छ ।

तेस्रो स्थानमा भने माओवादीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ५५३ मत ल्याउँदा माओवादी केन्द्रले १० लाख ३७ हजार मत ल्याएको छ ।

पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ३७ हजार ६२२ मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?