
दमौली : नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको हातबाट तनहुँको विकास नहुने कुरा व्यक्त गरेका छन् ।
सोमवार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले पौडेलले सत्ताको लागि चुनाव लडेको बताउँदै उनको हातबाट तनहुँको विकास कहिले नहुने बताएका हुन् ।
“पौडेल सत्ता केन्द्रित भयो, तनहुँ जिल्लाले परिवर्तन खोजिरहेको थियो तर भएन ” उनले भने :” अब उहाँ बाट हुन सक्छ भन्ने आशा पनि नगरौं ।”
उनले अहिलेको कांग्रेस बनाउँदाहरुले विपी कोइरालाको सिद्धान्त बिर्सिंदै गएको आरोप लगाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?