दमौली : जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन अनुरोध गरेको छ । कार्यालयले निर्वाचन परिमाण घोषण गरेको ३५ दिन भित्र खर्च विवरण बुझाउन सबै उम्मेदवारलाई जानकारी गराएको हो ।
जसमा तनहुँ क्षेत्र न.१ मा मंसिर ११ र तनहुँ क्षेत्र न.१ मा मंसिर ९ गते निर्वाचन परिमाण घोषण गरेको थियो ।
उनीहरुलाई अनिवार्यरुपमा खर्च विवरण बुझाउन भनिएको छ । सरकारले गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि निर्वाचन गरेको थियो ।
उम्मेदवारहरुले मतदाता नामावली संकलन, सवारी साधन, प्रचारप्रसार, ढुवानी, गोष्ठीलगायत सम्पूर्ण खर्चको विवरण पनि पठाउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?