
दमौली : समावेशी विकासका लागि रुपान्तरणकारी समाधान पहुँचयुक्त र समतामूलक विश्व निर्माणका लागि विश्व प्रवर्तन भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस दमौलीमा मनाइएको छ । तनहुँको दमौलीमा एक कार्यक्रमको आयोजना गरि अपाङ्गता भएका ब्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस मनाइएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले अपांगता भएका व्यक्तिहरुको अधिकारको सवालको विषय गम्भीर रहेको बताउँदै अन्तराष्ट्रिय स्तरमै अधिकारको विषयलाई सम्बोधन गर्न दिवस मनाउन लागिएको बताए।
उपप्रमुख ईन्दिरा दरैले अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरण नभए सम्म अवस्था निकै गम्भिर भैरहने भन्दै आय आर्जन तर्फ सम्बन्धित सबैले ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा तनहुँद्धारा अपांगता अधिकार सम्बन्धि सचेतना मुलक नाटक “हाम्रो पनि कुरा छ ” नाटक प्रदर्शन गरिएको थियो ।
बजार परिक्रमा गरी कोण सभामा परिणत भएको कार्यक्रममा बेलुन फुटाई, घैँटो फुटाई र विभिन्न विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा नगद वितरण गरिएको थियो ।
सिन्धु आधारभूत विद्यालय, व्यास ५, सिद्ध बेनी आधारभूत विद्यालय, व्यास १३, बुद्ध दाहाल बहिरा आधारभूत विद्यालय, व्यास १ मा अध्ययनरत अपांगता भएका विद्यार्थीहरु, जिल्लामा अपांगता अधिकारका सवालमा कार्य गर्ने अगुवा संस्था रिसेड, अपांगता महिला सशक्तिकरण समाज, तनहुँ, तनहुँ बहिरा संघ, नेत्रहिन संघ, तनहुँ, सहृदयी मञ्च तनहुँ, ढोरफिर्दी स्वावलम्बन मञ्च, कोशिस नेपाल, नेपाल रेडक्रस सोसाईटी, व्यास नगरपालिका , सामाजिक विकास कार्यालय लगायतका संस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।
रिसेडका अध्यक्ष पदम बहादुर परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सहृदयी मञ्चका सचिव कृष्णा थापाले सञ्चालन गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?