अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा व्यास युवा परिषदद्वारा भिडियो प्रतियोगिता आयोजना

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा व्यास नगर युवा परिषद्, व्यास नगरपालिकाको कार्यालयद्वारा संक्षिप्त भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

व्यास नगरपालिका भित्र रहेका पर्यटन ठाउँहरुलाई प्रवर्धन तथा उक्त पर्यटन क्षेत्रमा युवाहरुलाई जोड्ने उदेश्यका साथ सो प्रतियोगिता गर्न लागेको परिषद्ले जनाएको छ । यस प्रतियोगितामा तनहुँ जिल्ला भित्रका १८ देखि ४० बर्षका युवाहरुले सहभागिता जनाउन पाउनेछन् ।

व्यास नगरपलिका क्षेत्रभित्रका पर्यटकिय सम्भावना बोकेका ठाउँहरूकाे बारेमा भिडियो तयार गर्नुपर्ने छ । आयोजकका अनुसार कुनै पनि भिडियो निर्माताले आफूसँग रहेको स्मार्टफोन वा क्यामेराको १०८० एचडी क्वालिटिमा भिडियो खिचेर  सहभागिता जनाउन सक्नेछन्। अधिकतम ५ मिनेटको हुनु पर्ने उक्त भिडियो साउन  २७ गते सम्म vyasmunicipality@gmail.com वा व्यास नगरपालिकाको कार्यालयमा बुझाइ सक्नुपर्नेछ । यस्को नतिजा भने साउन  २८ गते अन्तर्राष्टिय युवा दिवसको अवसरमा  व्यास नगरपालिको सभा हलमा  प्रदर्शन गरि पुरस्कृत गरिने युवा परिषदका उपाध्यक्ष गौरब पन्थले जानकारी दिए ।
भिडियो प्रतियोगितामा प्रथम हुनेलाई दश हजार रुपैंया, द्वितीय हुनेलाई सात हजार र तृतीय हुनेलाई तिन हजार प्रदान गरिने बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?