छाब्दी वाराही विकास कोष समितिको २९ साधारण सभा समपन्न भएको छ । सनिबार विकास कोषका अध्यक्ष थान बहादुर थापाको अध्यक्षतामा सो कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि ब्यास नगर पालिका वडा नं १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठले बर्तमान परिवेशमा भए गरेका विकासका योजनाहरु कोबिड -१९ र प्राकृतिक प्रकोपले ठुलो असर पर्नुको साथै ठुलो भौतिक संरचनामा क्षेति पुगेको र तेस्लाई समाधान गर्न आफुले सक्ने सहयोग पूर्णरुममा रहने प्रतिबद्ता ब्यक्त गरे । उनले सस्था स्थापनाको क्रममा संस्थापक अध्यक्ष हेम बहादुर तथा अन्य सदस्यहरु स्व. कृष्ण गिरि,तिल बहादुर थापा,हिम बहादुर रानाभाट,चिज कुमार श्रेष्ठ,खड्ग बहदुएर आले तथा अन्य व्यक्तिहरुलाई समेत स्मरण गर्दै उनीहरु प्रति आभार प्रकट गरेका थिए ।
उक्त कार्यक्रममा सल्लाहकारहरुमा हिम बहादुर रानाभाट,मान कुमारी भुजेल,दल बहादुर थापाले समेत आफ्नो धारणा राखेका थिए ।
समितिका सचिब अनुप आलेले कार्यक्रम संचालन गरेका थिए भने उप-अध्यक्ष दुर्गा बहादुर थापाले स्वागत मन्तब्य दिए । तेस्तै कोष अध्यक्ष लेख बहादुर थापाले विकास कोषको बार्षिक आय व्ययाको विवरण प्रस्तुत गरे भने कार्यक्रममा रबिन्द्र बरकोटीले धन्यवाद ज्ञापन दिए ।
विकास कोषको आर्थिक बर्ष ०७७ /०७८ बजेट अनुमोदन हुनुका साथै आगामी आर्थिक बर्ष ०७८ /०७९ मा कसरि कार्य संचालन गर्ने भन्ने सम्बन्धमा बिस्तृत छलफल भएको बाराही युवा क्लबका सचिब दल बहादुर थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?