दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

दक्षिण कोरियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

जितसँगै दक्षिण अमेरिकी टिमले सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता क्राेएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल २०१८ मा क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।

सन् २००२ मा घरमै आयोजना भएको विश्वकपमा चौथो भएको दक्षिण कोरिया त्यसपछि २००६ मा दक्षिण अफ्रिकामा अन्तिम १६ बाटै बाहिरिएको थियो ।

त्यसपछिका दुई संस्करण समूह चरणबाटै बाहिरिएको दक्षिण कोरियाले यसपटक पनि अन्तिम १६ भन्दा माथियो यात्रा तय गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?