दमौली : हाम्रो नेपाली पार्टीबाट तनहुँ -१ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रविन पौडेलले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा जम्मा खर्च ८१ हजार ४ सय २० भएको बताएका छन् ।
त्यसमा पनि चुनावी अभियानको समयमा मात्रै सवारीसाधन ४८ हजार बढी खर्च भएको भएको उनले बताएका छन् ।
उनका अनुसार सवारीसाधन ४८ हजार , प्रचार प्रसार सामग्रीमा २२ हजार ४ सय २० ,छापा एवं विद्युतीय सामग्रीमा ३ हजार ,इन्धनमा ३ हजार , खाना र खाजा ५ हजार खर्च भएको जनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?