सुर्खेत : सुर्खेतमा एक पुरुष श्रीमतीको हत्या गरी टाउको बोकेर प्रहरी चौकीतिर हिँड्दै गरेको अवस्थामा पक्राउ परेका छन्।
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई मंगलबार दिउँसो उनकी श्रीमती मिना आले मगरको टाउकोसहित नियन्त्रणमा लिएको हो।
३० वर्षीया श्रीमती मिनालाई हँसियाले घाँटी रेटेर उनको टाउको छुट्याइ झोलामा बोकेर हिँडिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सालकोटबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
आलेमगर आफैं टाउको बोकेर प्रहरी चौकीतिर जाँदै गरेको बुझिएको छ। उनले श्रीमती मिनाको मंगलबार हत्या गरेका हुन्। एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका अम्मरले आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको बयान दिएका छन्। प्रहरीले मिनाको शव उनकै घरबाट बरामद गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?