दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिता मंसिर २९ गते देखि हुने

दमाैली : तनहुँको दमौलीमा दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिता मंसिर २९ गतेदेखि हुने भएको छ । व्यास नगरपालिका–१ स्थित भादगाउँमा रहेको दोभान युवा क्लबले ७ ए साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

व्यास –३ स्थित विपी वनवाटिका खेलमैदानमा मंसिर २९ गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागिएको विहिवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नरबहादुर दरैले जानकारी दिए।

प्रतियोगितामा विजेताले नगद दुई लाख ५ हजार ५ सय ५५ र उपविजेताले १ लाख १५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्नेछन् ।त्यस्तै उत्कृष्ट खेलाडीलाई रु ७ हजार पाँच सय, उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई रु पाँच हजार म्यान अफ दि म्याच १५ सय पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।

क्लवका अनुसार प्रतियोगिताका लागि  टिम दर्ता शुल्क ८ हजार र धरौटी १५ सय रुपैयाँ राखिएको छ । प्रतियोगितामा तनहुँ अतिरिक्त नेपाल भरिका क्लवहरुले सहभागी हुने जनाएको छ ।

दर्ता गर्ने समय यही मंसिर २८ गते ५ बजेसम्म दिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?